मायाजालमा फँसेर बर्डर छिरेर बङ्ग्लादेशबाट भारत आएकी युवती सिलगढीमा पक्राउ

सिलगढी : बङ्ग्लादेशी एउटी युवती आफ्नो प्रेमीसित बर्डर पार गरेर भारतमा प्रवेश गरे तापनि तिनलाई प्रेमीले यहाँ बेच्ने उद्देश्यले लिएर आएको कुरा थाहा थिएन। प्राप्त जानकारी अनुसार लगभग अढाई महिना अघि भारतीय एकजना युवकको माया जालमा फसेर बङ्ग्लादेशी एउटी युवतीले प्रेमीसित जीवन बिताउने सोच राखेर पासपोर्ट बिनै बङ्ग्लादेशबाट काँडे तार पार गरेर भारतमा प्रवेश गरेकी थिइन्। तथापि, उक्त युवकको मायामा खोटो रहेको थियो भने युवतीलाई मायाको नाटक गरेर नेपालमा बिक्री गर्ने तिनले योजना बनाएका थिए। तर युवतीले प्रेमीको यस्तो योजना थाहा पाएपछि त्यहाँबाट तिनी भागेर गत राति सिलगढी जङ्क्शन आइपुगिन्। सिलगढी जङ्क्शनमा आइपुगेपछि तिनी यताउता हिँडिरहेको एनजीओको एकजना सदस्यले देखेपछि तिनले युवतीसित सोधखोज गर्दा सम्पूर्ण घटनाको जानकारी पाए। यसपछि तिनले उक्त युवतीलाई प्रधान नगर पुलिसलाई सुम्पिदिए। बिना पासपोर्ट भारतमा गैर कानुनी रूपमा प्रवेश गरेको कुरा थाहा पाएपछि पुलिसले तिनलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। उक्त बङ्ग्लादेशी युवती सपला अख्तर (21)-को रूपमा चिन्हित गरिएको छ। पुलिसले बङ्ग्लादेशी युवतीको बयान सुनेपछि प्रेमको नाटक गरेर बङ्ग्लादेशबाट भारत ल्याउने उक्त युवकको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş