सिलगढी, 4 मार्च (निसं)। वर्षाको मौसम अगावै नदीको गतिलाई बहाल गर्नका लागि फुलेश्वरी र जोडापानी नदीको जीर्णोद्धार कार्य शुरु गरेको छ। मेयर गौतम देवले सो कार्यको निरीक्षण गरे। यस क्रममा डिप्टी मेयर रञ्जन सरकार, मेयर परिषद माणिक दे, 36 र 22 नम्बर वार्डका पार्षद रञ्जन शील शर्मा, दीप्ता कर्मकार लगायत अन्य अधिकारीहरू उपस्थित थिए। यस अवसरमा मेयर गौतम देवले भने, “नदीको सरसफाई र नदीबाट माटो हटाउने काम भइरहेको छ। यस कार्यमा लगभग 8.85 करोड रुपियाँ खर्च हुनेछ। म यहाँ काम ठीकसँग भइरहेको छ कि छैन बन्ने हेर्न आएको हुँ। यो कार्य पूरा भएपछि नदीको किनारमा रहेका घरहरूलाई वर्षाको समयमा कुनै समस्या पर्ने छैन।