फुलबारी (निसं): सिलगढी नगर निगमका मेयर गौतम देवले फुलबारीमा पक्का सडक निर्माण कार्यको शिलान्यास गरे। आज फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत दोकानघोरादेखि लकडाउन मो हुँदै जियागञ्जसम्मको लगभग 5 किलोमीटर सडकका निर्माण कार्य शुरू गरेको छ। यस सडकको निर्माण कार्य लगभग 89 लाख रूपियाँको लागतमा गरिँदैछ। यस अवधि जलपाईगढी जिल्ला परिषदका कर्माध्यक्ष नूरजहां बेगम, जिल्ला परिषद सदस्य मनीषा राय, जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव देवाशीष प्रमाणिक, फुलबारी 2 नम्बर ग्राम पञ्चायत प्रधान रफीकुल इस्लाम लगायत अन्य मानिसहरू उपस्थित थिए। यस अवसरमा सिलगढीका मेयर गौतम देवले भने, यो सडक एउटा महत्वपूर्ण सडक हो। सडकको निर्माण 2019 मा गरिएको थियो। अब यस सडकको मरमति अनि चौडादार गरिनेछ। यसले गर्दा इलाकाको मानिसहरूलाई धेरै लाभ हुनेछ। आज सडक निर्माण कार्यको शिलान्यास गरियो।
Jalpaiguri, North Bengal, Siliguri, Uncategorized
मेयर गौतम देवद्वारा फुलबारीमा 5 किलोमीटर पक्का सडक निर्माण कार्यको शिलान्यास
19
Dec
Dec