मेयर गौतम देवद्वारा सिलगढीको इन्डोर स्टेडियममा अस्थायी 3 नम्बर बोरो कार्यालयको उद्घाटन

सिलगढी (निसं): सिलगढीको 3 नम्बर बोरो अफिसको नयाँ भवनको काम शुरू भएको छ। यसैले हाल सिलगढीको इन्डोर स्टेडियममा अस्थायी रूपले 3 नम्बर बोरो अफिस चलाइने भएको छ। आज मेयर गौतम देवले अस्थायी कार्यालयको उद्घाटन गरे। प्राप्त जानकारी अनुसार 1 करोड 24 लाखको लागतमा 3 नम्बर बोरो अफिसको नवनिर्माण कार्य हाल धमाधम गरिँदैछ। नयाँ भवनको निर्माण कार्य पूरा हुनको लागि लगभग डेढ़ साल समय लाग्नेछ। यसैले आजदेखि 3 नम्बर बोरो कार्यालयलाई इण्डोर स्टेडियममा स्थानन्तरित गरिएको हो। आज मेयर गौतम देवले नगर निगम चेयरम्यान प्रतुल चक्रवर्ती, मेयर काउन्सिल तथा पार्षदहरूको उपस्थितिमा अस्थायी कार्यालयको उद्घाटन गरेका छन्। यस सम्बन्धमा गौतम देवले भने, वर्तमान राज्य सरकारले विकासमा विश्वास गर्दछ। यही कारणले बोरो कमिटीहरूलाई अझ मजबूत गर्न नगर निगमले विभिन्न विकासमूलक कार्यहरूका लागि बोरोलाई प्रति वर्ष 1 करोड़ रूपियाँ दिने सोंच बनाएको छ। यस वाहेक बोरोको काममा तीव्रता ल्याउन नयाँ भवनहरूको निर्माण गरिने छ। यसै अन्तर्गत 3 नम्बर बोरो कार्यालयको काम पनि शुरू भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO