सिलगढी (निसं): मेयर गौतम देवले स्टुडेन्ट्स हेल्थ होमको निरीक्षण गरे। प्राप्त जानकारी अनुसार सिलगढीको स्टुडेन्ट्स हेल्थ होम जर्जर अवस्थामा पुगेको छ। सिलगढी नगर निगमले विद्यार्थीहरूका लागि उक्त स्टुडेन्ट्स हेल्थ होमलाई मरमति गर्ने पहल गरेको छ। यसको लागि नै आज बिहान नगर निगमका मेयर गौतम देवले स्टुडेन्ट्स हेल्थ होमको निरीक्षण गर्नको साथै अधिकारीहरूसित कुराकानी गरे। यस अवसरमा मेयर गौतम देवले भने, स्टुडेन्ट्स हेल्थ होमलाई नयाँ प्रकारले सजाइने छ। यसको साथै विद्यार्थीहरूका लागि हेल्थ युनिट बनाइने छ।
