मेयरको वार्डमा मादक पदार्थ सेवन गर्नेहरूको अड्डा, प्रतिवाद गर्दा हमला गरेको आरोपमा युवक पक्राउ

सिलगढी : मेयरको वार्डमा मादक पदार्थ सेवन गर्नेहरूको अड्डा हुने गरेको आरोप रहेको छ। यसको प्रतिवाद गर्दा एउटा परिवारको 4 जना सदस्यमाथि हमला गरेको बताइएको छ। मेयर गौतम देवले उक्त घटनाबारे जानकारी पाउन साथ पुलिसलाई कार्वाही गर्ने निर्देश दिएपछि एनजेपी थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। गत राति पुलिसले मोर बजार निवासी चिरञ्जित दासलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। अर्कोतिर, उक्त घटनामा संलग्न रहेको अन्य युवकहरूलको पुलिसले खोजी शुरू गरेको छ। घटनाक्रम अनुसार गत सोमबार राति सिलगढीको 33 नम्बर वार्डको सूर्यसेन कोलनीमा मदपान गरेको अवस्थामा केही युवकहरूले यहाँको एउटा परिवारका सदस्यहरूमाथि हमला गरेको आरोप रहेको छ। उक्त घटनापछि मंगलबार राति एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको थियो। बुधबार घटनाबारे थाहा पाएपछि मेयर गौतम देवले पुलिसलाई यसबारे जाँच गर्ने निर्देश दिएपछि जाँचमा जुटेका पुलिसले हिजो राति एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। सिलगढी सहरमा कतै पनि असामाजिक गतिविधिलाई स्वीकार नगरिने मेयरले बताए। अर्कोतिर, सहरको विभिन्न इलाकामा बन्द रहेको रेलवे क्वार्टरहरूमा मादक पदार्थ तथा नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा लगाउन थालेको आरोप रहेको छ। यसभन्दा अघि पनि रेलवे विभागलाई यसबारे जानकारी गराइसकेको साथै अब फेरि रेलवे विभागलाई जानकारी गराउने मेयरले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/