मेची नदीमा डुबेका वृद्ध ग्वालाको पाँच दिनपछि शव उद्धार

नक्सलबारी, 1 अक्टोबर (निसं): दूध बेचेर घर फर्किने क्रममा मेची नदीमा डुबेर निखोज भएका एकजना वृद्धको शव पाँच दिनपछि फेला परेको छ। मृतकको नाम विद्यानन्द राय हो। प्राप्त जानकारी अनुसार, मानिसहरूले नक्सलबारीको लालजी जोतमा मेची नदीको किनारमा उक्त वृद्धको शव देखे। यसपछि परिवारका सदस्यहरूले लगाएका लुगाहरूको आधारमा वृद्धको शव पहिचान गरेका छन्।
समरण रहोस, गत शुक्रबार विद्यानन्द राय मनीराम जोत संलग्न भारत-नेपाल सिमानामा मेची नदी पार गर्दै घर फर्किने क्रममा अचानक नदीको बहावमा बगेपछि निखोज भएका थिए। आज मेची नदीको किनारबाट वृद्धको शव फेला परेको छ। यसैबीच, घटनाबारे खबर पाउन साथ नक्सलबारी थाना पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पोस्टमार्टमका लागि पठाइ दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL