मेची नदीमा डुबेर एकजना महिलाको मृत्यु

खोरीबारी, 5 अक्टोबर (निसं): भारत-नेपाल सीमा नजिकको मेची नदीमा डुबेर एकजना महिलाको मृत्यु भएको छ। यो घटना खोरीबारीको पानीट्याङ्की छोटा बदराजोतमा भएको हो। मृतक महिलाको नाम हेमा खरेल हो र उनी नेपाल पारिको गौरी गाउँ निवासी थिइन्। आज बिहान तीनजना नेपालका महिलाहरू नेपालबाट मेची नदी पार गरेर भारतमा प्रवेश गर्न प्रयास गर्दै थिए। तर, नदीमा पानीको बहाउ अधिक तीव्र हुँदा ती तीनै महिलाहरू बग्न पुगे। यद्यपि, दुई महिलाहरू कुनै तरीकाले पानीबाट बाहिर निस्कन सफल भइन्, तर हेमा खरेल भने पानीको तीव्र बहाउमा बगेकी छन्। घटनास्थलबाट केही टाढामा महिला नदीको किनारमा तैरिरहेको स्थानीय मानिसहरूले देखे अनि घटनाको जानकारी पुलिसलाई दिए। खबर पाएपछि खोरीबारीको पानीट्याङ्की आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर महिलाको शवलाई उद्धार गरेर खोरीबारी थानामा ल्याए। शवलाई पोस्टमार्टमका लागि आज उत्तरबंग मेडिकल कलेज र अस्पतालमा पठाइएको छ। अन्य दुई महिलाको उपाचार नेपालमा भइरहेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel giriş