खोरीबारी : मेची नदीमा डुबेर एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान खोरीबारी थाना अन्तर्गत पर्ने बिन्नाबारी पञ्चायतको डाङ्गी मैनागढी निवासी बाबु-छोरा माछा मार्न नदीमा गएको समय दुवै नदीमा डुबेको बताइएको छ। घटनापछि मानिसहरूले नदीमा खोजी अभियान चलाएर बाबुको शव उद्धार गरेको छ भने छोराको खोजी जारी छ। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।