मेडिकल कलेजबाट चोरी भएको नवजात शिशु अझसम्म फेला नपरेपछि भाजपा-द्वारा विरोध प्रदर्शन

सिलगढी : उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालको प्रसुति विभागबाट नवजात शिशु चोरी भएको 24 घण्टा बितिसक्दा पनि हालसम्म शिशु उद्धार गर्न सकिएको छैन। यसैले नवजात शिशुको परिवारका सदस्यहरू लगायत भाजपा-ले उक्त घटनाको विरोध जनाउँदै लगातार आन्दोलन गरिरहेको छ। भाजपा-ले आज फेरि मेडिकलका सुपरको कार्यालय अघि विरोध प्रदर्शन गर्यो। विरोध प्रदर्शन अवधि अस्पतालका सुपर सञ्जय मल्लिकले पुलिसको उपस्थितिमा नवजात शिशुको परिवारका सदस्यहरूसित कुराकानी गर्ने प्रयास गरे। घटनाको 24 घण्टा बितिसक्दा पनि हालसम्म शिशु उद्धार भएको छैन, अझै कति प्रतीक्षा गर्नुपर्ने भन्दै परिवारका सदस्यहरूले प्रश्न चिन्ह खडा गरे। यस अवधि सुपर सञ्जय मल्लिकले भने, उक्त घटनापछि सुरक्षा कर्मी संस्थालाई सो कज नोटिस पठाएको साथै मामिलाको जाँचको लागि एउटा विशेष कमिटी पनि गठन गरिएको छ। उक्त कमिटीले 48 घण्टाको अवधि रिपोर्ट गर्नेछ। पुलिसले सीसीटीभी फुटेजको सहयोगमा नानी चोरी गर्ने महिलालाई चिन्हित गरिसकेको छ भने पुलिसले महिलाको खोजी शुरू गरेको छ। उक्त महिलाको खोजीमा सिलगढी मेट्रोपोलिटन पुलिस जलपाईगढीसम्म गए तापनि महिलालाई उद्धार गर्न सकेको छैन। पुलिसले चाँडै नै आरोपी महिलालाई पक्राउ गर्ने तिनले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *