सिलगढी, 20 फरवरी: झूटो NRI प्रमाणपत्र बनाएर NRI कोटामा विद्यार्थीहरूलाई निजी मेडिकल कलेजमा भर्ना गराएको आरोप उठेको छ। यस भ्रष्टाचारको जाँच ईडीले गत वर्षदेखि सुरु गरेको हो। यस भ्रष्टाचारको जाँचको क्रममा ईडी सिलगढीमा पनि आइपुगेको छ।
बिहीबार बिहानदेखि नै सिलगढीमा एकजना औषधि व्यवसायीको घरमा ईडी-ले घण्टौसम्म रेड गऱ्यो। जानकारी अनुसार, आज बिहान हाकिमपाडामा व्यवसायीको घरमा ईडीले छानबिन गर्न शुरू गरेको छ। ईडीका अधिकारीहरू अर्ध सैनिक बलसहित व्यवसायीको घरमा पुगेका थिए। व्यवसायीको घर अगाडी अर्ध सैनिक बलका जवानहरू तैनाथ गरिएको थियो।
यस छानबिनमा केही कागज पत्रको खोजी भइरहेको छ। यसअघि, गत डिसम्बर महिनामा यस भ्रष्टाचारको जाँचमा राज्यभरिका 20 स्थानमा छानबिन गरिएको थियो। जाली कागज पत्रको आधारमा जाली NRI प्रमाणपत्र बनाएर त्यसपछि विभिन्न निजी मेडिकल कलेजमा विद्यार्थीहरूलाई मोटो रकमको बद्लीमा भर्ना गरिएको थियो। बिहीबार राज्यभरिको कोलकाता, काकद्वीप, सिलगढी लगायत विभिन्न स्थानहरूमा ईडी-को छानबिन जारी छ।