महिला सुरक्षालाई ध्यानमा राखेर सिलगढीमा पिङ्क मोबाइल पेट्रोलिङ भ्यानको शुरुआत

सिलगढी (निसं): सिलगढी मेट्रोपलिटन पुलिसले महिला सुरक्षालाई ध्यानमा राखेर पिङ्क मोबाइल पेट्रोलिङ भ्यानको शुरुआत गरेको छ। सिलगढी पुलिस कमिश्नर सी सुधाकरले आज पिङ्क मोबाइल पेट्रोलिङ भ्यानलाई हरियो झन्डी देखाएर यसको शुभारम्भ गरे। सिलगढीको ईस्ट र वेस्ट जोनमा 2 वटा पिङ्क मोबाइल पेट्रोलिङ भ्यान तैनाथ गरिएको छ। यसले विशेष गरेर महिला सुरक्षालाई मजबूत अनि सुनिश्चित गर्नेछ। उक्त भ्यानमा एकजना महिला पुलिस अधिकारी सहित 5 जना महिला कन्स्टेबल उपस्थित रहनेछ। यस वाहेक, भ्यानमा हेल्प डेस्क नम्बर पनि दिएको छ। यस विषयमा पुलिस कमिश्नर सी सुधाकरले भने, पिङ्क मोबाइल पेट्रोलिङ भ्यानको उद्देश्य महिलासित भइरहेका विविध अपराधिक घटनाहरूमा लगाम लगाउने प्रयास गर्नको साथै महिलाहरू प्रति भइरहेको आपराधिक घटनालाई रोक्नु हो। अपराधिक घटनाको शिकार भएका महिलाहरूले तत्कालै सहयोगको लागि पिङ्क मोबाइल पेट्रोलिङ भ्यानसित सम्पर्क गर्न सक्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *