मिरिक बजारमा जामको समस्या

मिरिक: मिरिकमा हाल कोरोना महामारीको समयमा पनि ट्राफिक जाम उत्तिकै छ, जसले गर्दा आम मानिसहरूलाई समस्यामा पारेको छ। सडकको दुई किनारतिर अनियन्त्रित गाडीहरू राखेकोले गर्दा मानिसहरुलाई पैदल हिडनमा समेत असुविधा भइरहेको स्थानीय मानिसहरूको भनाई रहेको छ। विशेष गरेर यो समयमा अस्पताल आउने-जाने बिरामीहरुलाई जामले गर्दा धेरै असुविधा भइरहेको बताइएको छ। ट्राफिक जामलाई लिएर ट्राफिक प्रशासनले विशेष पहल सुरू गर्नु पर्ने साथै प्रशासन अझ कठोर बन्न पर्ने जामले प्रेरित गरिरहेको देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *