मिरिक बुङ्कुलुङका 30 परिवारलाई पर्जा पट्टा वितरण

मिरिक: मिरिक महकुमाको बुङ्कुलुङ बस्तीका 30 परिवारलाई आज यहाँको खण्ड विकास कार्यालयको भवनमा जमीनको पर्जा पट्टा वितरण गरियो। कार्यक्रममा मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, एसडीएलआरओ डर्जी याङ्की, बीएलएलआरओ मिरिकका भिक्टोर शाह, विभागीय अधिकारीहरू लगायत लाभार्थीहरूको उपस्थिति रहेको थियो। पर्जापट्टा वितरणपछि पत्रकारहरूसँग कुराकानी गर्दै बीएलएलआरओ भिक्टोर शाहले भने, आज हामीले 30 परिवारलाई जमीनको पर्जा पट्टा वितरण गर्यौ। जसमा सबै लाभार्थीहरू बुङकुलुङवासी हुन्। आज वितरण गरेको पर्जा पट्टा विशेष गरेर खेती योग्य जमिन रहेको जसमा एक परिवारलाई एक ऐकरसम्मको पट्टा वितरण गरेका छौ । अझ पनि कतिपय नागरिकहरूले पर्जा पट्टा पाउन सकेका छैनन्, तिनीहरूका लागि पनि जाँच भइरहेको बताउँदै विगतमा पहाडमा पर्जा पट्टाको लागि कुनै प्रकारको कमिटी नरहेको तर लगभग एक महिना अघिदेखि मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा पर्जा पट्टाको लागि कमिटी गठन गरिएको जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *