मिरिक बुङकुलुङमा ‘देखो अपना देश’ कार्यक्रमको समापन

मिरिक : भारत सरकारको संस्कृति एवम् पर्यटन मन्त्रालयद्वारा देशको विभिन्न पर्यटन केन्द्रहरूलाई विश्व सामु परिचय गराउने उद्देश्य लिएर अतुलनिय भारत मार्फत शुरु गरेको देखो अपना देशकार्यक्रमको आज बुङकुलुङ बस्तीमा समापन गरियो। इन्क्रिडिबल इन्डिया विकेन्ड गेटवेज कार्यक्रम गत १५ जनवरीको दिन डुवर्सको राजाभातखावाबाट शुरू भएर 12 माइल गाउँ, कफेर, तकदाह, रिम्बिक, बिजनबारी, सुनादा, मङ्पु हुँदै आज बुन्कुलुङ बस्तीमा समापन गरियो। भारतका पूर्व फुटबल टीम कप्तान भाइचुङ भुटियाको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता अर्जुन कार्कीले गरेका थिए भने यस अवसरमा ग्रामीण पर्यटन केन्द्रसित सरोकार राख्ने संघ-संस्था लगायत देशका विभिन्न राज्यका पर्यटन सरोकारीहरूले सहभागिता जनाएका थिए।


सत्येन बरदेवाद्वारा सञ्चालित कार्यक्रममा आयोजक समितिको पक्षमा बुन्कुलुङ जंगल क्याम्पका सचिव अश्विनी तामाङ अनि कोषाध्यक्ष कल्याण राईले यस प्रकारको कार्यक्रमले ग्रामीण पर्यटन बिस्तारमा  टेवा पुग्ने बताए। यसैगरी, एसीटीका प्रमुख राज बसुले पनि ग्रामीण पर्यटनप्रति मानिसहरूमा चासो बढाउन प्रत्येक गाउँ बस्तीका नागरिकहरू जागरूक हुनुपर्ने आग्रह गरे। यसरी नै मुख्य अतिथि भाइचुङ भुटियाले पर्यटन विकासको अपार सम्भावना बोकेको दार्जिलिङ सिक्किम पहाडी क्षेत्रका शिक्षित युवा वर्गले पर्यटन व्यवासायमा चासो लिए रोजगारको निम्ति विदेशतिर जानुपर्ने आवश्यकता नरहेको बताए। कार्यक्रममा च्याब्रुङ नृत्य, गारो नृत्य लगायत प्राकृतिक सम्पदा पर्यावरण संरक्षण अनि सम्वर्द्धन सम्बन्धि कार्यक्रम पनि समावेश गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom