मिरिकदेखि सिलगढीलाई जोड्ने राज्य मार्ग 12-को अवस्था सोचनीय

मिरिक :  मिरिकदेखि सिलगढीलाई जोड्ने राज्य राजमार्ग 12-को अवस्था चिन्ताजनक बनेको छ। गत केही दिनअघि पहाडमा आएको अत्याधिक वर्षाको कारण मिरिक महकुमा क्षेत्रको धेरै ठाउँमा क्षयक्षति हुनको साथै चौतर्फी पैह्रोले सडकमार्गहरू बाधित बनेको थियो। पैह्रो जाने क्रममा मिरिक सिलगढी राज्य राजमार्ग पनि प्रभावित बनेको थियो। प्राप्त जानकारी अनुसार घैयाबारी जंगलमा मूल सडक नजिकबाट पैह्रो गएपछि सो सडकबाट यातायात गर्न जोखिमपूर्ण बनिरहेको छ। मुख्य सडकको छेउछाउ जमिन घस्किएको तथा चर्किएको कारण कुनै पनि समय सडक नै विच्छेद हुने सम्भावना प्रबल रहेको छ। मिरिक महकुमा अन्तर्गत घैयाबारी जङ्गल पैह्रो अनि दुर्घटनाको लागि जोखिम क्षेत्र मानिन्छ। यहाँ वर्षेनी पैह्रोको कारण सडक बाधित बन्ने गरेको छ भने यस वर्ष पनि पैह्रोको कारण यहाँको सडक बाधित हुने देखिएको छ। मुख्य सडकमार्ग पैह्रोको कारण बाधित हुने प्रबल सम्भावना देखिएकोले स्थानीय मानिसहरूले मिरिकको जीवन रेखा मानिने उक्त सडकमार्गको शीघ्र मरमतिको माग गर्नको साथै सम्बन्धित विभागलाई यथाशीघ्र रोकथाम गर्ने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş