मिरिक होटल व्यवसायी संगठनको सभा

मिरिक : मिरिक होटल व्यवसायी संगठनले मिरिकमा हाल कोरोना महामारीको परिस्थितिलाई ध्यानमा राखेर होटलहरू बन्द राख्ने निर्णय लिएको छ। गोपाल तामाङको अध्यक्षतामा आज सङ्गठनले एउटा महत्त्वपूर्ण सभा सम्पन्न गर्यो। उक्त सभामा मिरिकमा पर्यटकहरूको आगमन भइरहे तापनि जीटीए तथा राज्य सरकारको दिशानिर्देशमा चेक पोइन्ट स्थापित नगरिएसम्म कोरोना माहमारीबाट जोगाउन पर्यटन केन्द्रलाई गाह्रो हुनेछ भन्दै चेक पोइन्ट स्थापना गर्ने माग पनि गरियो। सभापछि संगठनका सचिव हेम कुमार तामाङले मिरिकमा केही होटलहरू खोलिएकोले आज सभामा यसबारे चर्चा परिचर्चा गरिएको बताए। तिनले राज्य सरकार अनि जीटीएले होटल खुल्ला राख्ने निर्देशन जारी नगरे तापनि मिरिकमा केही होटलहरू खोलिएकोले गर्दा उक्त होटलका मालिकहरूलाई यसबारे स्पष्टीकरण मागिएको बताए। जुन होटेल पेड क्वारेन्टाइनको निम्ति दिइएको छ त्यहाँ बाहिरबाट आउने पर्यटकहरू तथा अतिथिहरू नराखी दिने होटल मालिकहरूलाई उक्त सभामा अपील गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş