मिरिक झीलबाट व्यक्तिको शव उद्धार

मिरिक : मिरिक झीलबाट आज दिउँसो एकजना व्यक्तिको शव उद्धार भएको छ। मिरिक पुलिस तथा स्थानीय मानिसहरूको सहयोगमा उक्त मृतदेह झीलबाट बाहिर निकालिइयो। उक्त शव मिरिक नगरपालिका अन्तर्गत पर्ने प्रताप गाउँ निवासी सन्तकुमार खातीको रहेको बताइएको छ। गत केही दिन अघिदेखि तिनी निखोज थिए। पुलिसले उक्त शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *