मिरिक झीलमा निर्मित तीनवटा एसटीपी-को पदाधिकारीहरूद्वारा निरीक्षण

मिरिक: मिरिकको प्रमुख पर्यटक स्थल मानिने मिरिक झीलमा स्वच्छ पानी पठाउने उद्देश्य लिएर जीटीएमार्फत लगभग 37 करोड रूपियाँको लागतमा निर्माण गरिएको तीनवटा एसटीपी (सेवेज ट्रिटमेन्ट प्लान्ट) अब चाँडै सञ्चालनमा आउने भएको छ। विगत 2019 सालमा जीटीएले निर्माण पूर्ण गरेको तीनवटा एसटीपी हाल निष्क्रिय रहेको छ भने एसटीपी निर्माण भए तापनि झील परिसरमा अवस्थित घरहरु तथा होटलहरुको त्याज्य पदार्थलाई व्यवस्थापनको निम्ति यो परियोजना निर्माण गरिएको थियो। मिरिक झील वरिपरि तीनवटा एसटीपीको निर्माण भए तापनि यसलाई वरिपरिका घर तथा होटलहरुसित जोड्ने काम भएको छैन।


यसै सन्दर्भमा आज मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक महकुमा अधिकारी सुदिप्त देवनाथ, प्रमुख अभियन्ता चन्दन बोस, अतिरिक्त चिफ इञ्जिनियर बिश्वजीत राय, मिरिक इञ्जिनियर विभागका सीके बर्मन, सह अभियन्ता ए परमिनिक, एई विश्वजीत माजिला, जीटीएका कार्यकारी अभियन्ता सुदर्शन छेत्री, जीटीएका सह अभियन्ता प्रशान्त प्रधान, मिरिक नगरपालिकाका प्रमुख अभियन्ता निमासाङ तामाङ आदिको टोलीले तीनवटै एसटीपीको भ्रमण गरेर निरीक्षण गरे। निरीक्षणपछि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले बताए अनुसार जीटीएद्वारा निर्माण गरिए तापनि हालसम्म सञ्चालनमा नआएको कारण मिरिक नगरपालिकाले जिम्मा लिनु परेको हो। यसको निम्ति हाइ लेबलको जोइन्ट कमिटी बनाइएको छ, जसमा मिरिक इञ्जिनियरिङ डिभिजन, जीटीए अनि मिरिक नगरपालिका रहेको छ भन्दै यस कमिटीले निरीक्षण गरेपछि अब प्रोजेक्ट तयार हुने तिनले बताए। विशेष गरेर एसटीपी परियोजनालाई वरिपरिका घर वा होटलहरुसित जोड्ने कार्य थाँतीमा रहेकोले नै आज निरीक्षण गरिएको तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *