मिरिक : अत्याधिक वर्षाले गर्दा मिरिक खण्ड कार्यालयको अघिल्तिर आज बिहान लगभग 2 बजीतिर पैह्रो गएको छ। पैह्रो झरेर सडकको एक भाग केही समयको लागि अवरुद्ध बन्न पुगेको थियो भने उक्त पैह्रोमा कसैको ज्यानलाई कुनै क्षति पुर्याएको छैन। सामाजिक कार्यकर्ता कुमार प्रधानको पहलमा तथा मिरिक पुलिसको सहयोगको पैह्रो हटाउने कार्य सम्पन्न भएपछि यातायात पुनः सुचारू बनेको छ।
