मिरिकको आले खेल मैदानमा खेला होबे दिवस पालन

मिरिक: पश्चिम बंगाल सरकार अधिनस्थ जीटीएको युवा कल्याण विभाग मिरिक महकुमा कार्यालय अनि मिरिक नगरपालिका कार्यालयको संयुक्त आयोजनामा आज मिरिक आले खेल मैदानमा खेला होबे दिवस पालन गरियो। 16 अगस्त 1980 सालमा ईडन गार्डनमा मोहन बगान अनि इष्ट बंगालमाझ भएको फुटबल खेलमा ज्यान गुमाउनेहरूको स्मरणमा मुख्यमन्त्रीले पश्चिम बंगाल राज्यमा 16 अगस्तको दिन खेला होबे दिवस पालन गर्ने घोषणा गरेपछि आज मिरिकमा पनि खेला होबे दिवस पालन गरिएको बताइएको छ। विभागीय अधिकारी पेमा डोमा लामाको अध्यक्षतामा भएको खेला होबे दिवस कार्यक्रममा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक नगरपालिका वार्ड नम्बर दुईका नगर पार्षद पुनम विश्व, तृणमूल कङ्ग्रेस मिडिया सेल प्रभारी श्याम प्रधान लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा मिरिक महकुमाका विभिन्न संघ-संस्थानहरूलाई विभागको पक्षबाट फुटबल पनि वितरण गरियो। मिरिक स्पोटर्स एसोसिएशनका सचिव केसाङ लामाको सञ्चालनमा पालन गरिएको खेला होबे दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मिरिक महकुमा शासक सुदीप्त देवनाथ अनि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले 16 अगस्त 1980 सालमा इडन गार्डनमा मोहन बगान अनि इष्ट बंगालमाझ भएको फुटबल खेलमा ज्यान गुमाउनेहरूको स्मरणमा मुख्यमन्त्रीले पश्चिम बंगालमा 16 अगस्तको दिन खेला होबे दिवस पालन गर्ने घोषणा गरेपछि आज मिरिकमा पनि खेला होबे दिवस पालन गरिएको जानकारी गराँउदै उक्त दिवसले मानिसहरूमा खेल भावना सृजना गरेर खेलाडीहरूलाई विभिन्न खेलकूदको क्षेत्रमा प्रोत्सहान गर्नेछ भनी बताए। खेला होबे दिवस प्रत्येक वर्ष पालन गरिने जानकारी दिँदै यस वर्ष कोरोना संक्रमणको कारण कोभिडको नियमलाई पालन गरेर खेला होबे दिवस पालन गरिएको तिनीहरूले जनाए। 16 अगस्त 1980 सालमा मोहन बगान बनाम इष्ट बंगाल माझ भएको फुटबल खेलमा ज्यान गुमाउनेहरूको स्मरणमा दुई मिनटको मौन धारण पनि पालन गरियो। खेला होबे दिवसको अवसरमा मिरिक नगरपालिका कार्यालय बनाम मिरिक खण्ड विकास कार्यालयका कर्मचारीहरू माझ मैत्री फुटबल प्रतियोगिताको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *