मिरिकको बड़ाकोठीमा पैह्रोले यातायात ठप्प

मिरिक: मिरिक महकुमाको सौरेनी ग्राम पञ्चायत 2 अन्तर्गत पर्ने बढाकोठीमा हिजो राती परेको अविरल वर्षाले गर्दा पैह्रो गएर बड़ाकोठीको मार्ग बाधित बन्न पुगेको छ। वर्षाको कारण पटक-पटक पैह्रो जान थालेकोले स्थानीय मानिसहरू त्रसित बन्नको साथै पैह्रोले गर्दा एकमात्र मार्ग बन्द भएपछि यातायात ठप्प भएको छ। यातायात ठप्प बन्न पुगेपछि बिमारीलाई अस्पताल लैजान लगायत दैनिक कार्यमा जान धेरै गाह्रो परेको स्थानीय मानिसहरूले गुनासो पोखेका छन्। बड़ाकोठी गाउँमा पटकपटक पैह्रो जाने गरेकोले सम्बन्धित विभागलाई पैह्रो रोकथामको लागि पहल गरिदिने स्थानीय मानिसहरूले निवेदन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *