मिरिकको बुङकुलुङमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

मिरिक (निसं): मिरिकको बुङकुलुङ बस्तीको मैना समाज भवनमा प्रेस भेटरियन चर्च अफ इण्डिया-को आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविर साथै ओैषधी वितरण गरियो। स्थानीय समाजिक कार्यकर्ता एनबी लिम्बूले यसबारे जानकारी दिँदै बताए अनुसार बुङकुलुङका पास्टर वर्षात राईको अगुवाईमा सम्पन्न भएको उक्त शिविरमा डा. आर ताजिनचेरी अनि तिनका सहयोगीहरूले रोगीहरूको स्वास्थ्य जाँच गरेपछि नि:शुल्क औषधीहरू पनि वितरण गरे। उक्त शिविरमा बुङकुलुङ बस्ती, नाम्सु ,चालिसे,कन्चनपुर आदि ठाँउका मानिसहरू आ-आफ्नो स्वास्थ्य जाँच गराए। यस अवसरमा विभिन्न ठाँउका पास्टरहरूको पनि उपस्थिति रहेको थियो। ग्रामीण क्षेत्रका मानिसहरूलाई आफ्नै ठाँउमा चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *