मिरिकको कटरे वन-बस्तीमा सर्वे टीमद्वारा जमिनको नापजोख

मिरिक: जीटीए क्षेत्रका कतिपय वन-बस्तीका मानिसहरुलाई जमिनको पट्टा प्रदान गर्नको लागि हाल जमिनको नापजोख गर्ने कार्य चलिरहेको छ। यसैक्रममा आज वन अधिकार कानून 2006 अन्तर्गत मिरिक महकुमाको कटरे फारस बस्ती र हिलेझोडा वन-बस्तीका मानिसहरूको जमीन नाप्ने कार्य गरियो। उक्त जमिनको सर्वे गर्ने टीम कोलकाताबाट आएको थियो भने मिरिक भुमि एवम भुमि सुधार विभागमार्फत तिनीहरूलाई सहयोग पुऱ्याइएको थियो। यस विषयमा एफआरसी अध्यक्ष किरण राई अनि सदस्य बाबुराम प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *