मिरिकको सिस्ने गाउँका 145 जना हिल तृणमूलमा सामेल

मिरिक : हिल तृणमूल कांग्रेसमा सामेल हुने क्रम जारी छ। यसै क्रममा आज मिरिक महकुमा अन्तर्गत थर्बु चियाकमानको नेपाल सीमा मेची नदी नजिक सिस्ने गाउँका 145 जना हिल तृणमूल कांग्रेसमा सामेल भएका छन्। सिस्ने गाउँ तृणमूल कांग्रेस शाखा अध्यक्ष सुकेन तामाङको अध्यक्षतामा सिस्ने प्राथमिक पाठशाला प्राङ्गणमा सम्पन्न कार्यक्रमबीच हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले ती सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले सिस्नेवासीलाई सम्बोधन गर्दै एकजुट भएर सिस्ने गाउँको उन्नति र विकासमा साथदिने आह्वान गरे। यस अवसरमा हिल तृणमूल कांग्रेस मिरिक खण्ड अध्यक्ष अनिल छेत्री, वार्ड नम्बर 9-का नगर पार्षद सञ्जिव तामाङ, मिरिक महकुमा हिल तृणमूल युवा एकाई सदस्य साङ्गे तामाङ, ट्रेड युनियन नेता सञ्जय राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *