मिरिकको सौरेनीमा अखिल भारतीय नेवार सङ्गठनको सभा

मिरिक: अखिल भारतीय नेवार संगठनको सभा गंगा प्रधानको सभापतित्वमा मिरिकको सौरेनी सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा अखिल भारतीय नेवार सङ्गठन केन्द्रीय समितिका अध्यक्ष एसएन प्रधानको प्रमुख उपस्थिति रहेको थियो। सभामा विशेष गरेर नेवार जातिको संस्कृति र परम्परालाई जगेरा गर्नका लागि अबोप्रान्त कुनै पनि कार्य विवाह, मरौ आदिमा नेवार जातिको आफ्नै पुरोहित गुबाज्युले उक्त अनुष्ठान गर्नु पर्ने कुरोमा व्यापक छलफल भएको गंगा पी प्रधानले जानकारी गराएका छन्। यसरी नै, मिरिकस्थित नौ माइलमा हाल पाँचौ चरणको गुबाज्यु प्रशिक्षण सञ्चालन भइरहेको र नेवार समुदायका जनसाधारणलाई उक्त प्रशिक्षणमा स्थान दिइने पनि सभामा पारित भएको तिनले बताएका छन्। सभामा नेवार जातिको एकता र अखण्डता कायम राख्नका लागि केन्द्रिय समितिले प्रत्येक विषयमाथि कार्य गरिरहेको केन्द्रीय समितिका अध्यक्ष एसएन प्रधानले अवगत गराए। यसरी नै अञ्चलिक समितिले पनि संगठनलाई सशक्त बनाउने दिशामा कार्य गर्दै आइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞ