मिरिक कृष्णनगरमा बाढको स्थिति, मानिसहरू भयभित

मिरिक : हिजो राति परेको मुसलधारे वर्षाको कारण मिरिकको देउसी डाँडा वार्ड नम्बर चारदेखि झील पस्ने खोलामा बाढ आएर कृष्णनगर ब्ल्यु लगुन होटल लगायत यसको संलग्न परिसर जलमग्न बन्न पुगेको छ। यसैगरी, ब्ल्यु लगुनको एकापट्टिको घरभित्र भल पसेर जलथल भएको छ।


यसले गर्दा कुनै मानव क्षति नभए तापनि धेरै क्षयक्षति भएको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार यस प्रकारको बाढको घटना उक्त ठाउँमा पहिलोपल्ट हो। रातभरि परेको मुसलधारे वर्षाको कारण ब्ल्यु लगुन होटल लगायत संलग्न क्षेत्रका मानिसहरू डरले रातभरि सुत्न नसकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *