मिरिक : गोप्य सूचनाको आधारमा मिरिक पुलिसले हिजो यहाँको वार्ड नम्बर 3 बाट ब्राउन सुगरसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा 41 वर्षीय दिपेन शर्मा र 26 वर्षीय साम्देन शेर्पा सामेल छन् भने पुलिसले तिनीहरूबाट 7 ग्राम ब्राउन सुगर, तौल नाप्ने मसिन र 1,570 रुपियाँ उद्धार गरेको छ। मिरिक चौकी प्रमुख सुदीप कुमार विश्वासको निर्देशमा पक्रा परेका दुईजना विरुद्ध एनडीपीएस धारा अन्तर्गत मामिला दर्ता गरिएको छ।
