मिरिक: मिरिक महकुमा क्षेत्रमा हाल कतिजना कोरोना सङ्क्रमित छन् ,कति जनाको मृत्यु भइसकेको छ अनि कति जना निको भइसके भन्नेबारे सरकारी रिपोर्ट नभएको बताउँदै आज मिरिकका कोभिड वरियर्स एवम् दार्जीलिङ इन्निसिएटिभ र एडवर्ड फाउण्डेशन-का सक्रिय कार्यकर्ता अर्बिन सुब्बाले सरकारले सत्य आँकडा प्रकाश नगरेको आरोप लगाए। तिनले हाल कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ भने तेस्रो लहरको समय पनि आइसकेको जनाए। तिनले 40 हजारभन्दा अधिक जनसङ्ख्या भएको मिरिकमा कोरोना सङ्क्रमणको अवस्थामाथि जनसमक्ष वास्तविक आँकडा प्रकाश गरिनु पर्ने माग गरेका छन् । मिरिकमा एम्बुलेन्स परिसेवाको पनि उचित प्रबन्धन नभएको तिनले बताएका छन्।
