मिरिकमा द्वारे सरकार कार्यक्रम 2 नोभेम्बरदेखि शुरू हुने

मिरिक: मिरिक महकुमामा आगामी 2 नोभेम्बरदेखि द्वारे सरकार अनि पाडाये समाधान शिविर सुरू गरिने भएको छ। यसबारे मिरिक महकुमा शासक सुदीप्त देवनाथ अनि डीएमडीसी मृदुल श्रीमणीले पत्रकारहरूलाई जानकारी दिएका छन्। मिरिक महकुमा शासक कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै मिरिक महकुमाको मिरिक नगरपालिका क्षेत्र लगायत खण्ड विकास कार्यालय अधिनस्थ 6 वटा ग्राम पञ्चायतमा आगमी 2 देखि 30 नोभेम्बरसम्म द्वारे सरकार अनि 2 नोभेम्बरदेखि 15 नोभेम्बरसम्म पाडाये समाधान शिविर सम्पन्न हुने जानकारी दिएका छन्। ती शिविरहरूमा राज्य सरकारद्वारा प्रदान गरिने विविध योजनाहरू जस्तै लक्ष्मी भण्डार, स्वास्थ साथी कार्ड, कन्याश्री, रूपाश्री योजना लगायत विभिन्न जातिको प्रमाण पत्र वितरण गरिनेछ। विविध सुविधाको लागि ती शिविरमा गएर लाभ उठाइदिने मिरिकवासीलाई अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *