मिरिक महकुमाका पुलिस अधीक्षक अनि सुकेपोखरी थाना प्रभारीद्वारा सुके बजारको परिभ्रमण

सकेपोखरी : कोरोना संक्रमणको बढ्दो प्रकोपकोले गर्दा हाल राज्यभरिमै आंशिक लकडाउन जारी रहेको छ। यसैले आज मिरिक महकुमाका पुलिस अधीक्षक (एसडीपीओ) रूद्र नारायण साव अनि सुके पोखरी थाना प्रभारी सुदीप कुमार विश्वासले सुकेपोखरी बजारको परिभ्रमण गर्दै यहाँका दोकानेहरूले सरकारद्वारा जारी नियम पालन गरेको छ अथवा छैन भन्नेबारे निरीक्षण गरे। परिभ्रमणपछि पत्रकारहरूसित कुराकानी गर्दै द्वयले सुकेपोखरी बजारका मानिसहरू कोरोनाबारे जागरुक रहेको साथै सरकारी नियम पालन गर्दै दोकानपाटहरू खुल्ला राखेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *