मिरिकमा होली पर्व भव्य रूपमा पालन

मिरिक: अन्य ठाउँहरूमा झै आज मिरिकमा पनि भव्य रूपमा होली पर्व पालन गरियो। होली आयोजक समिति मिरिकको पहलमा सम्पन्न भएको होली पर्वमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईको प्रमुख उपस्थिति रहेको थियो। मिरिक बजारको परिभ्रमण गरेपछि शुरू भएको होली पर्व कार्यक्रम मिरिक थर्बु खेल मैदानमा पुगेर समापन भयो। होली पर्वमा विभिन्न समुदायका मानिसहरूको उपस्थिति रहेको थियो। देश प्रेम र भाइचराको सन्देश बाँड्दै एकार्कालाई होलीको बधाई तथा शुभकामना दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *