मिरिक : मिरिक महकुमाको नगरपालिका क्षेत्रमा आजदेखि 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूको लागि कोरोना टीकाकरण शुरू गरियो। एउटा शिविरको माध्यमद्वारा शून्यदेखि 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूलाई कोरोनाको खोप लगाइयो। राज्य अनि केन्द्र सरकारको तर्फबाट करोना टीकाकरणबारे जारी गरेको निर्देश अनुसार क्रमबद्ध रूपमा करोनाको खोप लगाइने प्रक्रिया जारी रहेको छ भने आजदेखि आजदेखि 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूलाई प्राथमिकतामा राखेर कोरोनाको खोप लगाइएको बताइएको छ।
