मिरिक मञ्जुमा मुर्दाघाटको साफ सफाई

मिरिक : लोअर सौरेनी बस्ती साधु गाउँ (मन्जु चियाकमान नजिक)-को सक्रिय सामाजिक संस्था पाथीभरा समाजका कर्मठ सदस्यहले मञ्जु खोलाको किनारमा अवस्थित मुर्दाघाटको साफ सफाई गरे। संस्थाका अध्यक्ष निमा तामाङ, सचिव  दिपक लोहार, कोषाध्यक्ष पाल्देन मोक्तान अनि नवीन मोक्तानको नेतृत्वमा सम्पन्न सफाई अभियानमा संस्थाका 42 जना सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए। सचिव दिपक लोहारले तत्कालीन दागोपाप अध्यक्ष सुबास घिसिङको कार्यकालमा निर्माण गरिएको मुर्दाघर लगायत संलग्न क्षेत्र वर्षौँदेखि अव्यवस्थित एवम् जर्जर बनेकोले गर्दा नै सामाजिक दायित्वलाई निर्वाह गर्दै सफाई अभियान चलाएको बताए। आगामी दिनहरूमा पनि अझ सक्रिय रूपमा सामाजिक कार्य गरिने संस्थाका अध्यक्ष निमा तामाङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *