मिरिकमा अनलाइनमार्फत् अन्तर्राष्ट्रिय युवा दिवस पालन

मिरिक : हाल कोभिड 10-को बढ्दो संक्रमणको कारण मिरिकका विभिन्न सामाजिक संस्थासित आवद्ध रहेका युवाहरूसँग अनलाइन अन्तर क्रियात्मक संवाद मार्फत् अन्तर्राष्ट्रिय युवा दिवस पालन गरियो। कृति अर्गानाइजेशनले नेहरु युवा केन्द्र, दार्जिलिङ (मिनिष्ट्री अफ् युथ एण्ड स्पोर्टस् एफियर्स)-को सहयोगमा अनलाइन अन्तर क्रियात्मक कार्यक्रममा वर्तमान महामारीमा युवावर्गको भूमिका र उत्तरदायित्व विषयमाथि चर्चा गर्यो। कृति अर्गानाइजेशनका सचिव राम राई अनि मिरिक खण्ड प्राथमिक स्वस्थ्य केन्द्रका हेल्थ नोडल अफिसर सत्यन वरदेवाले सहभागी युवाहरूसित अनलाइन अन्तरक्रिया गरे। उक्त कार्यक्रममा युवाहरूले कोरोना महामारीबाट कसरी बाँच्न सकिन्छ भन्नेबारे आ-आफ्नो विचार राख्दै सुझाउहरू पनि दिए। दृष्टि अर्गानाइजेशन, युथ अफ् होप अफ रे अर्गानाइजेशन अनि मिरिक युथ अर्गानाइजेशनका युवाहरूले उक्त अनलाइन अन्तरक्रियात्मक कार्यक्रममा सहभागी जनाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet