मिरिकमा पारिजात संघको स्थापना दिवस पालन

मिरिक :  पारिजात संघ मिरिक बजारले आज पहिलो स्थापना दिवस पालन गर्दै मिरिक बजारदेखि व्यवसाय भवन हुँदै होम डाँडा मिरिक झील जाने सडक मार्गलाई पारिजात पथ नामकरण गर्यो। पारिजात पथ नाम घोषणा गर्दै स्थापना दिवसको मुख्य आथिति मिरिक नगरपालिका अध्यक्ष एलबी राईले रिवन काटेर पारिजात पथको उद्घाटन गरे। संघकी अध्यक्ष श्रीमती बुद्ध तामाङको अध्यक्षतामा सम्पन्न स्थापना दिवसको मुख्य अतिथि नगर अध्यक्ष एलबी राई थिए। व्यवसाय संगठन अध्यक्ष सौराज गोले, समाजसेवी एसबी गजमेर, भूतपूर्व शिक्षिका तीर्थ तामाङ र फूलमती छेत्री, विकास सुब्बा, पप्पु करूवा आदि अतिथिको रूपमा उपस्थित थिए।


 

मुख्य अथिति एलबी राईले दीप प्रज्ज्वलन अनि केक काटेर स्थापना दिवसको शुभारम्भ गरे। यस अवसरमा पारिजात संघले वर्षौँदेखि मिरिक नगरपालिकामा कार्यरत रहेर मिरिकलाई सफा गरिरहने आठजना सफाई कर्मीहरूलाई सम्मान जनाउँदै उपहार प्रदान गरियो। कार्यक्रममा संघकी कालाकारहरूले नृत्य प्रस्तुत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एलबी राईले उक्त संघले छोटो समयमा धेरै कार्य गरेको उल्लेख गर्दै कोरोना सङ्क्रमण अवधि पनि मानिसहरूको सेवामा अग्रिम भूमिका निर्वाह गरेको स्मरण गर्दै शुभकामना टक्राए। यसको साथै तिनले जीर्ण अवस्थामा रहेको उक्त संघको जीर्णोद्वार गरिदिने वचन दिँदै मार्गको सुरक्षा साथै सर-सफाईमा बजारवासीले पनि ध्यान दिनु पर्ने सुझाउ दिए। तिनले अझ भने, जबसम्म म नगर अध्यक्ष रहन्छु तबसम्म म सधैँ हजुरहरूको साथमा हुनेछु भन्दै सकारात्मक कार्य गर्ने आग्रह पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş