मिरिकमा राज्य पुलिस दिवस पालन

मिरिक : मिरिक महकुमा कार्यालयको सम्मेलन भवनमा मङ्गलबार राज्य पुलिस दिवस पालन गरियो। मिरिक महकुमा कार्यालयको आयोजनमा सम्पन्न पुलिस दिवसको मुख्य अथिति मिरिक नगर प्रशासक एलबी राई थिए भने विशिष्ट अथितिमा महकुमा अधिकारी अश्विनी कुमार रोय, डीएमडीसी मृदुल श्रीमनी, खण्ड विकास अधिकारी अमिताभ भट्टचार्य, बीएमओएच डा. टाशी लामा थिए। महकुमा अधिकारीले पुलिस दिवसमाथि मन्तव्य राख्दै 1 सेप्टेम्बर पुलिस दिवस रहे तापनि सो दिन पुलिस दिवस पालन गरिएन। यसै गरी, नगर प्रशासक एलबी राईले पुलिसको नोकरी नोकरीहरूमध्ये सबैभन्दा गाह्रो र साह्रो नोकरी रहेको बताए। जस्तै परिस्थितिमा पनि पुलिसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताउँदै मिरिक पुलिसलाई 25 हजार नगद राशि पनि प्रदान गरे। मिरिकलाई सुख, शान्ति अनि प्रगति गर्न नगरप्रशासन, महकुमा कार्यालय, खण्ड कार्यालय, स्वस्थ्य विभाग अनि मिरिक पुलिस प्रशासनले आजसम्म संयुक्त रूपले कार्य गरिरहेको छ भन्दै मिरिक समृद्ध बनाउन यसरी नै मिलेर अघि बढ्नु पर्ने तिनले बताए। यस अवसरमा खण्ड अधिकारी , खण्ड स्वस्थ्य अधिकारी आदिले पनि कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रममा मिरिक पुलिस अधिकारी एस कुमार प्रधान लगायत अग्रिम पंक्तिका पुलिस कर्मीहरु र स्वस्थ्य कर्मीहरूलाई उपहारसहित सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş