मिरिकमा रक्षा बन्धन उत्सव समारोह

मिरिक : विगत वर्ष झैँ कृति संस्था, पश्चिम बंगाल सरकार युवा कल्याण एवम् खेलकुद विभाग मिरिक खण्डको संयुक्त पहलमा आज राखी बन्धन उत्सव समारोहको आयोजना गरियो। आपसी मदभेद र भेदभावलाई समाप्त गरी बन्धुत्व र भाइचारा स्थापना गर्ने उद्देश्य लिएर राखी केवल भाइ र बहिनीभित्र मात्र सीमित नराखेर सर्व व्यापी मनाउने आह्वानको साथमा रिखी पूर्णिमा एवम् राखी बन्धन पर्व पालन गरियो। हाल कोरोना महामारीको समयमा आफ्नो प्राणको पर्वाह नगरेर निरन्तर सेवा प्रदान गरिरहेका निम्न स्तरका कर्मचारीहरू क्रमैले सफाई कर्मचारी, एम्बुलेन्स चालक, कीटनाशक औषधि छड्किने कर्मचारीहरूलाई यस अवसरमा सम्मान जनाइयो। अर्कोतिर, गोपाल धारा पासङ गाउँको नयाँ संस्था रे अफ होप-को सयुंक्त आयोजनमा जनचेतना मूलक कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा कोरोना महामारीबाट कसरी बाँच्न सकिने तथा बाल तस्करीबारे मानिसहरूलाई सचेत पनि गराउनको साथै माक्स र साबुन पनि वितरण गरियो। यस अवसरमा स्वनिर्भर समूह प्रार्थना, जननी, अन्मोल, प्रसन्न र आरधनाका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş