मिरिक मरमामा भूतपूर्व सैनिक संगठन-द्वारा 72औँ गणतन्त्र दिवस पालन

मिरिक : मिरिक मरमा चियाबारीका भूतपूर्व (अवकाश प्राप्त) सैनिक संगठनले 72औँ गणतन्त्र दिवस गाउँका वयोवृद्ध नागरिकहरूको उपस्थितिमा  पालन गर्यो। मरमा प्रेम सुन्दर उच्चत्तर माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक पीसी देवसाले राष्ट्रपिता महात्मा गाँधीको तस्विरमा माल्यार्पण गरे भने गाउँका वयोवृद्ध नागरिक बीएल सुब्बाले द्वीप प्रज्ज्वलन गरे। भारतीय सेनाको वायु डिफेन्सका अवकाशप्राप्त अनरेरी लेफ्टिनेन्ट डीबी लिम्बुको बाहुलीबाट भारतको राष्ट्रिय ध्वज उत्तोलन गरे। यसपछि  उपस्थित नागरिकहरूले श्रद्धापूर्वक राष्ट्रिय गीत गाए अनि राष्ट्रिय ध्वजलाई ससम्मान सलामी दिए। यस अवसरमा अवकाशप्राप्त क्याप्टन मोक्तानले गणतन्त्र दिवसको महत्वबारे प्रकाश पारे। भूतपूर्व  सैनिक सङ्गठनका सचिव दिपक फागोले बताए अनुसार सन् 1999-मा स्थापित यस संस्थाले अवकाशप्राप्तपछि पनि देशको गरिमामय पर्वहरू गौरवको साथमा पालन गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom