मिरिकमा उच्च माध्यमिक परीक्षा केन्द्रको तयारी शुरू

मिरिक : पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदद्वारा राज्यभरि नै आउँदो 2,6 र 8 जुलाईको दिन रहल 3 वटा परीक्षा सम्पन्न हुने भएकोले मिरिक उच्च माध्यमिक विद्यालय र फुवागडी उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रको तयारी शुरू गरिएको छ। आज मिरिक उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी शरण लामाले बताएअनुसार आगामी 2 जुलाईमा एडुकेसन अनि फिजिक्स, 6 जुलाईमा क्यामिस्ट्री अनि 8 जुलाईमा भुगोल विषयको परीक्षा सम्पन्न हुनेछ। परिक्षार्थीहरूले परीक्षा केन्द्रमा आउँदा अनिवार्य रूपमा माक्स अनि सेनिटाइजर साथमा लिएर आउनुपर्ने छ भने कुनै पनि विद्यार्थीलाई यदि ज्वारो, श्वास फेर्न असुविधा भएको छ भने तत्कालै स्कुलमा रिपोर्ट गरिनुपर्ने तिनले बताएका छन्। तिनीहरूको निम्ति अलग्गै परीक्षा कोठाको व्यवस्था गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş