मिरिक: गरीब मानिसहरूको हितमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा शुरु गरिएको आमा भोजनालय आजदेखि मिरिक नगरपालिकामा पनि शुरु गरियो। यस उद्घाटनको अवसरमा एसडीओ, डीएमडीसी लगायत मिरिक नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो। मिरिक नगरपालिकाको पहलमा शुरु भएको यो भोजनालयमा आम मानिसहरुले अब 5 रुपियाँमा भोजन ग्रहण गर्न सक्नेछन् भन्दै मिरिक नगराध्यक्ष एलबी राइले भने, माँ क्यान्टिन अथवा आमा भोजनालयले आम मानिसहरु लाभान्वित बन्नेछन् अनि तिनीहरू हिन भावनाग्रस्त हुनबाट जोगिने छन्।

यो योजना शुरु गरिदिएकोमा मुख्यमन्त्रीप्रति तिनले आभार व्यक्त गर्दै आम मानिसहरुले मात्र पाँच रुपियाँमा भरपेट खाना पाउनेछन् भने रहल 15 रुपियाँ राज्य सरकारले बेहोर्नेछ। आमा भोजनालयको भान्सा स्वनिर्भर दलहरुले तयार गर्नेछन्।
