मिरिक: मिरिकको टिङलङ लिम्बूधुरा गाउँमा पैह्रोले ज्यान गुमाएका मृतकहरूको नामको स्मरण गर्दै आज श्रद्धाञ्जलि सभाको आयोजना गरियो। टिङलिङ लिम्बूधुरामा विगत 1 जुलाई 2015 को बिहानेको भुकभुके उज्यालोमा 19 जनाले पैह्रोको चपेटमा परेर ज्यान गुमाएका आज छैटौं वर्ष पूरा भएको छ। यस अवसरमा आज लिम्बूधुरा गाउँ समाजले स्थानीय भानुरात्री पाठशाला भवनमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना समाजका अध्यक्ष राजु छेत्रीको अध्यक्षतामा गरिएको थियो।

समारोहमा पीडित सुवेदी परिवारका बालकृष्ण शर्मा, थापा परिवारका शितोष्णा थापाको विशेष रुपमा उपस्थिति रहेको थियो । उक्त समारोहमा स्व. रामलाल सुवेदी परिवारका 11 जना, स्व. मोहनलाल थापाको 4 जना अनि स्व. सुवास लालेका 4 जना गरेर मोठ 19 जना मृतकलाई आज समाजका सदस्यहरुले दीप जलाइदिएर पुष्प चढाइ श्रद्धाञ्जलि अर्पण गरे। यस कार्यक्रममा समाजका अग्रज तथा गाउँ समाजका सदस्यहरुको उपस्थिति रहेको थियो।
