मिरिक: मिरिक पुलिसले आज मिरिकमा सेफ लाइफ सेभ ड्राइभ-को सन्देश दिँदै एउटा सचेतना ऱ्यालीको आयोजना गरियो। यस अवसरमा सुरक्षित गाडी चलाउने अनि ट्राफिक नियमहरूलाई अक्षरस पालन गर्ने आह्वान गर्दै गाडी दुर्घटना हुन नदिन चेतना अभिवृद्धि गरियो । मिरिक क्षेत्रलाई गाडी दुर्घटना रहित बनाउने अनि आफु पनि बाँच्ने, यात्रीहरूलाई पनि बचाउने ट्याक्सी तथा निजी गाडी चालकहरू अनि दुईचक्के गाडी चालकहरूलाई मिरिक ट्राफिक ओसी निरेन थापाले निवेदन गरे।
