मिरिक : मिरिक स्पोर्टस् एसोसिएसनको आयोजनामा यहाँको आले खेल मैदानमा हिजोदेखि मिरिक समेन्दु स्वर्ण कप फुटबल प्रतियोगिताको पहिलो संस्करणको उद्घाटन म्याच नर्थ बेङ्गल आर्म्ड पुलिस बनाम हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङमाझ सम्पन्न भयो। छिमेकी देश नेपालका अनुभवी निर्णायकहरू लक्ष्मण जयसवाल, भाग्य फागो, खेमराज श्रेष्ठ अनि श्याम दनवारको सम्पन्न भएको फुटबल म्याचमा नर्थ बेङ्गल आर्म्ड पुलिस विजय बन्यो। आर्म्स पुलिसका सनातन कर्मकारलाई म्यान अफ् द म्याचको ट्रफी प्रदान गरियो। आगामी 13 जनवरीको दिन खेलिने क्वार्टर फाइनलमा विजेता टोली नर्थ बेङ्गल आर्म्ड पुलिस बनाम युनाइटेड खरसाङ फुटबल क्लब (युकेएफसी)-माझ भिड़न्त हुनेछ। मिरिक स्पोर्टस् एसोसिएसनको आयोजना भएको स्पोर्टस् प्रतियोगिताको भव्य रूपमा उद्घाटन गरियो।
सौरेनी रवीन्द्रनाथ उच्च माध्यमिक विद्यालयका प्रधान अध्यापक ग्याल्बो लामाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीटीएका जनसम्पर्क अधिकारी अरूण सिग्ची मुख्य अतिथिका रूपमा उपस्थित थिए भने अतिथिहरूमा गोजमुमो विनय खेमा मिरिक महकुमा अध्यक्ष समीर राई, मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष मिलेस राई, वृन्दावन बोर्डिङ स्कुलका प्राचार्य सुधीर सुब्बा, नौ माइल प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापक एमके योञ्जन, खरसाङ गोर्खा पार्वत्य खेलकुद संघका सचिव निर्मल गुरूङ, मानेभञ्ज्याङ स्पोर्टस् एसोसिएशनका पदाधिकारीहरू उपस्थित थिए।