मिरिक : गोठाला फाउण्डेशन (पब्लिक चेरिटेबल ट्रस्ट)–ले मिरिकको सिमाना बजारमा आज रक्तदान शिविरको आयोजना गर्यो। हिल तृणमूल कांग्रेस दार्जिलिङ जिल्ला प्रवक्ता एनबी खवासले उक्त शिविरको उद्घाटन गरे। पाउल पी ह्यारिस सिलगढी रोटरी क्लब र सिलगढी ब्लड ब्याङ्कको सहयोगमा गोठाला फाउण्डेशनले सिमाना बजारमा रक्तदान शिविरको आयोजना गर्यो।
फाउण्डेशनका चेयरम्यान पारसमणी छेत्रीको नेतृत्वमा आयोजना गरिएको रक्तदान शिविरलाई सफल बनाउन हिल तृणमूल कांग्रेस सुकिया मानेभञ्ज्याङ समष्टिले साथ दिए। शिविरमा 50 भन्दा अधिक मानिसहरूले रक्तदान गरेको बताइएको छ।