मिरिक सियोक चियाकमानमा गाँधी जयन्ती पालन

मिरिक : जोरबङलो सुकियापोखरी खण्ड अन्तर्गत पर्ने सियोक चियाकमानको अप्पर भष्मे बाबारी युथ क्लब-द्वारा राष्ट्रपिता महात्मा गाँधीको जन्मदिन पालन गरियो। यस अवसरमा क्लबका अध्यक्ष सुरेन्द्र छेत्री र सचिव राजा प्रधानको नेतृत्वमा आज बिहान अप्पर भष्मे गाउँमा सरसफाई अभियान चलाइयो। सरसफाई अभियानमा क्लबका सदस्यहरूले सहभागी जनाएका थिए। यसपछि राष्ट्रपिता महात्मा गाँधीको तस्विरमा फुल माला चढाउनको साथै दीप प्रज्ज्वलन अनि राष्ट्रिय ध्वज उत्तोलन गरेर गाँधी जयन्ती पालन गरियो। कार्यक्रममा उपस्थित अथिति तथा युवाहरूले फुलमाला चढाएर गाँधीजीलाई श्रद्धा सुमन अर्पण गरे। कार्यक्रममा उपस्थित सबैले बापुजीको जीवन दर्शन, अहिंसाको मार्ग अनि प्रेरक प्रसङ्गमाथि प्रकाश पारे। क्लबका पूर्व सभापति अनि संस्थापक मुख्य अथितिको रूपमा उपस्थित कार्यक्रममा क्लबका नानीहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet