सिलगढी : पुणेमा इन्डियन बडी बिल्डिङ एन्ड फिटनेस फेडरेशनको तर्फबाट आयोजित मिस्टर युनिभर्स प्रतियोगितामा सिलगढीका मनोज मजुमदारले काँस्य पदक जितेर सिलगढी सहरलाई गौरान्वित तुल्याएको छ। मनोज मजुमदारले यसभन्दा पहिला मिस्टर अर्नोल्ड क्लासिक च्याम्पियनशिपमा गोल्ड, 2016-मा एशियन गेम्समा सिल्भर र 2011-मा मिस्टर इन्डिया प्रतियोगितामा गोल्ड जितेर देशको नाम उच्च पारेको छ। तिनले बडी बिल्डर मनोतोष राय र मनोहर आइच झैँ मिस्टर युनिभर्स प्रतियोगितामा भाग लिन चाहन्थे। आर्थिक अवस्था कमजोर रहे तापनि तिनले मिस्टर युनिभर्स प्रतियोगितामा अंश ग्रहण गरेर काँस्य पदक हत्याउन सफल भए। काँस्य पदक जितेर तिनी आज सिलगढी फर्किआएका छन्।
