सिलगढी, 8 फरवरी (निसं): सिलगढीको मित्र सम्मिलनीको 116औं वार्षिकोत्सवको अवसरमा दीनबन्धु मञ्चमा दीक्षान्त समारोह आयोजना गरिने भएको छ। यो दीक्षान्त समारोह आगामी 15 र 16 फरवरीमा हुनेछ। मेयर गौतम देवले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। यस अवसरमा मित्र सम्मिलनीका महासचिव सौरव भट्टाचार्यसहित अन्य सदस्यहरू पनि उपस्थित थिए।