मोर्चा अध्यक्ष बिमल गुरुङद्वारा कालेबुङ सिल्लरीको भ्रमण

कालेबुङ: केही दिनदेखि कालेबुङ जिल्लाको भ्रमणमा रहेका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले यहाँका विभिन्न ठाउँहरूको दिनहुँ भ्रमण गरेर आफ्ना पार्टीका समर्थकहरूसित भेट्ने कार्य जारी राखेका छन्। यसैक्रममा, तिनी कालेबुङको 40 नम्बर समष्टिको भ्रमण सकेपछि 39 नम्बर समष्टिमा पर्ने सिल्लरी पुगेपछि तिनलाई स्थानीय नागरिकहरूले भव्य स्वागत जनाए। सिल्लरी पर्यटनस्थलको भ्रमणसितै तिनले क्षेत्रका मानिसहरूको विविध समस्याहरूबारे पनि जानकारी लिए। गोजमुमो पार्टी अध्यक्षसित मानिसहरूले विगत केही वर्ष यता भोग्नु परेका विविध समस्याहरू पनि राखे। भ्रमण अवधि केन्द्रीय समिति सदस्य प्रवीण रहपाल, सोनाम याखा, पूर्व सभासद दावा लेप्चा, जिल्ला प्रवक्ता भुवन पी. खनाल, 39 नम्बर समष्टि सभापति तारा छेत्री, सचिव भूषण तामाङ, 37 नम्बर समष्टि अध्यक्ष दुष्यन्त लामा आदिको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *