सिलगढी: सिलगढीको उत्तर बङ्गाल विश्वविद्यालयको गेट नम्बर 2 अघिल्तिर गत राति मोटरसाइकल र डम्पर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार उक्त दुर्घटनामा दुवै मोटरसाइकल र डम्परमा भयानक आगलागी भयो। तथापि घटनाको जानकारी पाउन साथ अग्निशमन विभागको वाहिनसहित कर्मीहरू घटनास्थलमा पुगेर तत्कालै आगोलाई नियन्त्रणमा ल्याएको बताइएको छ। उक्त दुर्घटनामा बागडुग्रा, गोसाँइपुर निवासी मोटरसाइकल चालक अनन्त शाह गम्भीर रुपमा घाइते भएका थिए भने तिनलाई उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा तिनको मृत्यु भएको जानकारी प्राप्त भएको छ।
